बुबा र भाइको हत्या गर्ने मिलनमाथि जिल्ला प्रहरी भक्तपुरबाट कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १६:४९:२
१० पुष, काठमाडौं । आफ्नै बुबा र भाइको हत्या अभियोगमा पक्राउ परेको मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको छ । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढेको छ । भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीका अनुसार अब सबै कारवाही भक्तपुर प्रहरीबाट अगाडि बढ्नेछ ।
हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको भने अत्येष्टि भइसकेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए । उनीहरुको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन् । प्रहरी बृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महशुस भइरहेको र लोकसेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाव बढेकाले दुबै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ । मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए । हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ति दिनुपर्ने हो । तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण त्यस्तो नगरिएको कुलप्रसादका नातेदारको भनाइ छ ।
दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् । कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन् । खोटाङमा जिल्ला हुलाक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कुलप्रसादलाई कार्यालयले नै एउटा स्कुटी दिएको थियो । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए कुलप्रसाद । बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउनका लागि सोही स्कुटी लिएर उनी शनिबार भक्तपुर आइपुगेका थिए । अनलाइन फारम भरेर ट्रायल दिने दिनको प्रतीक्षामा उनी बालकोटस्थित छोराहरु बस्ने डेरामै बसेका थिए । आइतबार राति मिलन आफैंले पकाएको मासु भात खाएर उनीहरु सुतेका थिए । सोमबार विहान मृत फेला परेका हुन् ।
यो बीचमा मिलनले ६ पटक नासुको परीक्षा दिएका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् । एकपटक अधिकृतको परीक्षा दिए पनि उनको अघिल्लै नियति दोहोरियो । छोरालाई निजामती बनाउने कुलप्रसादको सपना अनि मिलनको चाहना सातौं प्रयासमा पनि अधुरै रह्यो । कान्छोको त उमेर बाँकी नै छ । तेरो त उमेर पनि भयो, बिहे गर्ने बेला पनि भयो तर कतै सेटल हुन सकिनस् । गाउँसमाजले पनि कुरा काट्न थालिसके,’ शनिबार बेलुकाको खाना खाएर सुत्ने तरखर गर्दा बुवा कुलप्रसाद छोरा मिलनलाई सम्झाएका थिए ।
तर छोराकै हितमा भनेको बुवाको यो शब्द उनको मनमा गड्यो । खाना खाइसकेपछि कुलप्रसाद र मिलन एउटा कोठामा सुत्न गए । कुलप्रसाद खाटमा सुते भने मिलन भुईमा । भान्छा कोठाको खाटमा भने प्रविण सुते । मिलनले प्रहरीलाई दिइको बयान अनुसार सुत्ने बेलामा बुवाले भनेको शब्दले उनी निदाउन सकेनन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपाने भन्छन्, ‘आफू असफल भएको पीडा, त्यहाँमाथि गाउँसमाजले समेत कुरा काट्न थाले भनेर बुवाले भनेको शब्दले आफू छटपटिमा परेको उनले (मिलन) ले बताएका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार