‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार १९:५९:५१
९ पुस, मकवानपुर । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन् । यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेको ट्याङ्कीको शिलान्यास गर्दै आज उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए ।
निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ । सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे।
ट्याङ्की निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए । ट्याङ्की निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार