क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
नेपालबहस संवाददाता
पुस १०, २०८१ बुधबार २२:२८:५२
१० पुस, किएभ । रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।
युक्रेनी इन्धन र ऊर्जा स्रोतहरूमा गरिएको आक्रमणमा ७८ वटा हवाई, भूमि र समुद्री प्रक्षेपण मिसाइलका साथै १०६ वटा साहेद र अन्य प्रकारका ड्रोनहरू समावेश रहेको युक्रेनको वायु सेनाले जनाएको छ । उसले ५९ मिसाइल र ५४ ड्रोन ध्वस्त पारेको र थप ५२ ड्रोनलाई जाम गरेको दाबी गरेको छ ।
“(रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले जानाजानी आक्रमणका लागि क्रिसमस रोजे । यसभन्दा बढी अमानवीय के हुनसक्छ ?”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा भने, “उनीहरूले युक्रेनमा ब्ल्याकआउटका लागि लडाइँ जारी राखेका छन् ।”
यसैबीच रुसको भ्लादिकाभ्काज सहरको एउटा सपिङ मलमा ड्रोनबाट खसेको भग्नावशेषबाट आगलागी हुँदा एक महिलाको मृत्यु भएको र तीन जना घाइते भएका छन् । रुसी गणतन्त्र उत्तर ओसेशिया–अलानियाका प्रमुख, गभर्नर सर्गेई मेनयेलोले सुरक्षा फुटेजले बुधबार बिहान अलानिया मलबाहिर विस्फोट भएको देखाएको बताए ।
युक्रेनको डिनिप्रो क्षेत्रमा रुसले गरेको आक्रमणमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र १५५ आवासीय भवनको ताप अवरुद्ध भएको उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले टेलिग्राममा बताए । उनले खार्किभ क्षेत्रका पाँच लाख मानिस तापविहीन भएको पनि जानकारी दिए ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाका अनुसार एउटा रुसी क्षेप्यास्त्रले मोल्डोभा र रोमानियाको हवाई क्षेत्र पार गरेको थियो । ऊर्जामन्त्री हर्मन हालुश्चेन्कोले रुसले फेरि ‘व्यापक रूपमा ऊर्जा पूर्वाधारमा आक्रमण’ गरेको बताए ।
युक्रेनको वायु सेनाले देशको पूर्वमा रहेको खार्किभ, डिनिप्रो र पोल्टाभा क्षेत्रमा धेरै मिसाइल प्रहार गरिएको बताएको छ । हालुश्चेन्कोका अनुसार विद्युत् वितरकले उपभोग सीमित गर्न आवश्यक कदम चालेका छन् । “सुरक्षा स्थितिले अनुमति दिने बित्तिकै ऊर्जा कर्मचारीहरूले भएको क्षतिको मूल्याङ्कन गर्नेछन्”, उनले भने ।
राज्य ऊर्जा अपरेटर युक्रेनेर्गोले ‘व्यापक मिसाइल आक्रमण’ का कारण देशभरि पूर्व सावधानीका रूपमा विद्युत् कटौती लागु गरेको छ । यसबाट राजधानी किएभका केही जिल्ला विद्युत्विहीन भएका छन् ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले रुसले बुधबार बिहान उनीहरूको एउटा थर्मल पावर प्लान्टमा आक्रमण गरेको र यो यस वर्षको युक्रेनको पावर ग्रिडमा १३ औँ आक्रमण भएको बताएको छ ।
“क्रिसमस मनाउँदै गर्दा लाखौँ शान्ति–प्रेमी मानिसलाई प्रकाश र न्यानोपन अस्वीकार गर्नु एउटा भ्रष्ट र दुष्ट कार्य हो । यसको जवाफ दिनुपर्छ”, डिटिइकेका सिइओ म्याक्सिम टिमचेन्कोले आफ्नो एक्स खातामा लेखेका छन् ।
“कम्तीमा सात आक्रमणले खार्किभलाई लक्षित गरी शहरभर आगलागी फैलायो”, क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले टेलिग्राममा लेखे । स्थानीय अधिकारीहरूका अनुसार कम्तीमा तीन जना घाइते भएका छन् ।
“खार्किभमा ठूलो क्षेप्यास्त्र प्रहार भएको छ । सहरमा श्रृङ्खलाबद्ध विस्फोटहरू भए र अझै पनि सहरतर्फ ब्यालिस्टिक मिसाइलहरू उडिरहेका छन् । सुरक्षित स्थानमा रहनुहोस्”, खार्किभका मेयर इहोर तेरेखोभले भने ।
रुसको रक्षा मन्त्रालयले बुधबार बिहानको रिपोर्टमा बेलगोरोड, भोरोनेज, कुर्स्क, ब्रायन्स्क र ताम्बोभ क्षेत्रहरूका साथै अजोभ सागरमा समेत ५९ युक्रेनी ड्रोन खसालिएको बताएको छ । यसमा उत्तरी ओसेटिया–अलानियाको घटनाबारे उल्लेख गरिएको छैन ।
कुर्स्क क्षेत्रको एलगोभ सहरमा युक्रेनी गोलाबारीका कारण चार जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख अलेक्जान्डर खिन्स्टेनले बताए । केही आवासीय ब्लक र ब्युटी सैलुनमा प्रहार भएपछि तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । अर्को व्यक्तिको पछि अस्पतालमा मृत्यु भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार