हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार ११:८:५७
११ पुष, काठमाडौं । औपचारिक रुपमै सरकारले संविधान संशोधनको विषयलाई अगाडि बढाएको छ । सत्ता सञ्चालन र संविधान संशोधनको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छन् । उनीहरुभन्दा तल उच्च स्तरीय राजनीतिक संयन्त्र बनिसकेको छ भने त्यो संयन्त्र भन्दा तल फरक फरक उदेश्यका तीन कार्यदल बनेका छन् । कार्यदलको सदस्यता भने तोकिएको छैन् । यसका लागि ओली र देउवाले निर्णय गर्न बाँकी छ ।
कांग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान संशोधन र कानुन निर्माणमा गृहकार्य गर्न तीन वटा कार्यदल बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयन्त्रको बैठकले दुई वटा कार्यदलमा रहने सदस्य तोकिसकेको छ भने संविधान संशोधनको गृहकार्य गर्ने अर्को कार्यदलमा सदस्य छनोट गर्न बाँकी छ ।
यसपटक संविधान संशोधनसहित ७ वटा बुँदामा सहमति गरेर कांग्रेस र एमालेले इतिहासकै बलियो सरकार बनाएर संविधान संशोधनको कुरा उठाएका थिए । जसको प्रक्रिया अब सुरु भइसकेको छ । गत असार १७ गतेको सहमतिअनुसार असार ३० गते प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुँदा नै संविधान संशोधन गर्ने मूख्य सहमति थियो । अहिले प्रधानमन्त्री ओलीसँग १८८ जना सांसद छन् । जुन दुई तिहाइभन्दा बढी हो । तर, संविधान संशोधन सबै दलको सहमति बिना सम्भव छैन् ।
गृहमन्त्री रमेश लेखकका अनुसार औद्योगिक र व्यापारिक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा बाधक रहेका कानुनको खारेजी र संशोधन गर्ने विषय पहिचान गर्न कानुनी पृष्ठभूमि रहेका विज्ञ समूहको कार्यदल बनिसकेको छ । कार्यदलमा अधिवक्ता सेमन्त दाहाल, योजनाविद् प्रताप पौडेल, वरिष्ठ अधिवक्ता अरुण पौडेल, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, गण्डकीका पूर्वमुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइराला सदस्य छन् । यो कार्यदलले संघीयता कार्यान्वयन र सेवा प्रवाह छिटोछरितो बनाउन आवश्यक कानुन निर्माणमा पनि सहजीकरण गर्नेछ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले अरू दुईवटा कार्यदल पनि बनाएको छ । संसदमा विचाराधीन विधेयकलाई अघि बढाउनका लागि एउटा र सरकारको सेवा प्रवाह र सुशासनबारे अध्ययन गरेर सुझाव दिन अर्को कार्यदल बनेको हो । संघीय संसदमा विचाराधीन विधेयकबारे अध्ययन गर्न बनेको कार्यदलले विधेयकमा सहमति जुटाएर आउँदो अधिवेशनमा पेस गर्न सहज हुने गरी छलफल गर्न र सुझाव पेस कार्यदल बनाउने निर्णय भएको हो ।
कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन् । कांग्रेस–एमालेबीच सहमति भएर संविधान संशोधनको चर्चा सुरु भएपछि साउन ६ गते नै प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका थिए । कानुनका विज्ञको भनाइमा यो संविधानमा धेरै आयोग राखिए । मौलिक हकहरू धेरै राखिए । मानव अधिकार आयोगदेखि समावेशी आयोगसम्म बने । तर ती आयोगले कति काम गर्न सकेन् । संविधान संशोधन गर्दा यसकमा पनि विचार गर्नुपर्छ ।
यसैगरी मौलिक हकको विषयमा पनि धेरै विवाद आएको छ । संविधानमा यति धेरै हक राखिएका छन् । शिक्षा, रोजगारीदेखि खाद्यसम्मको अधिकार मौलिक हकमा राखियो । साँच्चै यी मौलिक हक जनताले पाएका छैनन्। जनताले त कुनै पनि मौलिक हक उपभोग गर्न वा महसुस गर्न पाएका छैनन् । महसुस नै गर्न नपाउने हो भने किन राख्ने यस्ता हकहरू ! यसरी अहिले मौलिक हकदेखि आयोगहरूसम्मका बारेमा आम रूपमा प्रश्न उठेको छ । यो कुरा अब संविधान संशोधन गर्दा समेटिनुपर्ने देखिन्छ, यो कानुविद्को भनाइ हो ।
अहिले नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समानुपातिक निर्वाचन प्रणालीलाई खारेज हुने नदिने पक्ष्ँमा उभिएका छन् । उनी संविधान संशोधन हुनुपर्ने पक्षमै रहेको नेताहरु बताउँछन् । उनले संविधान सभामा महिला तथा उत्पीडित समुदायको अधिकार अझै नपुगेको बताएका छन् । प्रचण्डले त्यसलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नोट अफ डिसेन्ट राख्ने पार्टीको हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा भनिरहेका छन् ।
एमाले संसदीय विभागका प्रमुख भट्टराईका अनुसार कार्यदलले सबै विचाराधीन विधेयकहरूमा छलफल गरेर साझा धारणाा तय गर्नेछ । संसदमा धेरै विधेयकहरू अलपत्र अवस्थामा छन् । ती सबैको अवस्थाबारे अध्ययन गरेर कसरी अघि बढाउन सकिन्छ छलफल गर्छौं र एउटा सुझाव पेस गर्नेछ । विधेयकहरू अघि नबढ्दा संसदले बिजनेस नपाएको टिप्पणी भइरहेका बेला दुई दलले संसदीय काम कारबाही प्रभावकारी बनाउने भन्दै कार्यदल बनाउने निर्णय गरेको उनको दावी छ ।
दुई राजनीतिक दलले मंगलबार नै सरकारको सेवा प्रवाह र सुशासनको बारेमा अध्ययन गरेर सरकारलाई सुझाव दिने भन्दै ६ सदस्यीय कार्यदल पनि बनाएको छ । उक्त कार्यदलमा कांग्रेसबाट सेमन्त दाहाल, अरूण पौडेल र प्रताप पौडेल छन् भने एमालेबाट पूर्व मुख्यसचिव लीला गड्तौला, केदार कोइराला र राजेन्द्र घिमिरे रहेका छन् । संसदमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउन कांग्रेस र एमालेका प्रमुख सचेतकसहित पार्टीका एक÷एक सदस्य रहेको अर्को समिति गठन गरिएको छ । समितिमा प्रमुख सचेतकसँगै एमालेबाट योगेश भट्टराई र कांग्रेसबाट जीवन परियार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार