सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार ११:१५:१८
११ पुस, काठमाडौं । सशस्त्र प्रहरीमा दुई व्याचको लडाई शुरु भएको छ । चार जना डीआईजीहरू पदावधि पुरा गरेर पुस २३ मा घर जाने कि म्याद थप गर्ने भन्ने लफडा शुरु भएपछि अघोषित लडाई शुरु भएको हो । भावी आइजीपीको रुपमा हेरिएका डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लाग्दा सशस्त्र प्रहरी मुख्यालयले म्याद थपको प्रस्ताव गरेको थियो । त्यसलाई रोक्न पछिल्ला व्याच अर्थात् सिसम १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, पुरुषोत्तम थापा र दीपेन्द्र शाह लागेका छन् ।
डीआईजी गिरी लगायतको म्याद थपिएमा आफूहरू नेतृत्वमा पुग्न नसकिने चिन्ताले उनीहरू विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । यद्यपि संगठन प्रमुख राजु अर्यालले संगठनको चेनअफ कमाण्ड विग्रने कारण देखाउँदै म्याद थपको प्रस्ताव लगेकाले उनीहरुको एक वर्ष म्याद थप हुने निश्चित जस्तै रहेको छ । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख रुपमा रहेका डीआईजी गिरी सो ब्याजको एक नम्बरमा रहेका छन ।
धनकुटाका ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख हुन दोस्रो नम्बरमा रहेका छन । नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् । सुवेदी हाल अमेरिका भ्रमणमा छन भने नेम्बाङ सबैकाम छाडेर काठमाडौंमा आएका छन् । २०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरूको म्याद थपका लागि मुख्यालयले पठाइसकेको छ ।
सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । उनीहरुलाई मूख्यालयको प्रस्तावमा सरकारले एक वर्ष म्याद थप गर्नसक्नेछ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर उनीहरुको म्याद थप हुने लागेको हो । उनीहरू सेवा प्रवेश पनि जम्मा २५ वर्ष मात्रै भएकाले सरकारले म्याद थपको प्रस्ताव अघि बढाइसकेको छ ।
यसअघि उपत्यका स्थित नम्बर–९ पशुपति बाहिनीमा कार्यरत डीआईजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको १ वर्ष पनि बिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् । उनीहरुको म्याद थप हुन लागेपछि सिसम १ का अधिकृतहरू राजनीतिक दैलो चाहार्न लागेका छन् । डीआईजी अञ्जनी पोखरेलको नेतृत्वमा सुरेश श्रेष्ठ र पुरुषोत्तम थापा उनीहरुको म्याद थप नगराउन विभिन्न सत्ताधारी दलका नेताहरूको घरमा पुगेका छन् ।
माओवादी नेताहरु हरिबोल गजुरेल र रेखा शर्माको फेर समातेर यसअघि बढुवा भएका श्रेष्ठ र पोखरेल पुन एमाले र कांग्रेसका नेताहरूको घर घरमा पुगेको भन्दै सशस्त्र मुख्यालयमा मौखिक उजुरी गरिएको छ । सशस्त्र प्रहरीले राजनीतिक भेटघाटलाई बन्द गरेको बेला डीआईजी पोखरेल र श्रेष्ठ र थापा दलका नेताहरूको घरमा पुगेर उनीहरुलाई रोक्न लागेका हुन् । ४ वर्ष अवधि पुरा भएका डीआईजीहरूको १ वर्ष म्याद थप भएको खण्डमा ३० वर्ष सेवा अवधि हटेपछि उनीहरू नेतृत्वमा पुग्ने बताइएको छ ।
म्याद थप गर्न प्रस्ताव गरिएका डीआईजीहरु भने प्रहरी महानिरीक्षकसँग परामर्शमा रहेका छन् । उनीहरु राजनीतिक लविङ नगर्ने तर २५ वर्ष मात्रै जागिर भएको र कुनै पनि दाग नलागेका कारण म्याद थप हुनेमा विश्वस्त रहेका भन्दै आईजीपी मार्फत नै म्याद थपको प्रकृया अघि बढेकाले चेनअफ कमाण्ड नतोड्ने अडानमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार