तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह

आबिद हुसेन
पुस ११, २०८१ बिहिबार ११:२८:५३

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरी बलको मुख्यालयले १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक 'एसपी' सन्तोष बहादुर सिंहलाई छानबिनका लागि तानेको छ । बारामा राजस्व सङ्कलनमा कमी आएको र सीमा क्षेत्रमा तस्करी तीव्र बनेको आरोप उठे सँगै सिंहलाई मुख्यालय बोलाइएको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार, यी घटनाहरूका कारण सिंहमाथि छानबिन गर्न मुख्यालयमा बोलाइए हो । बाराको सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै सशस्त्र प्रहरी बलको मुख्यालयमा बारम्बार उजुरी परेका थिए । स्थानीय स्रोतका अनुसार, राजस्व सङ्कलनमा कमी आउनुका साथै तस्करी गतिविधि नियन्त्रणमा ध्यान नदिएको गुनासो बढ्दै गएको थियो ।
सिंहसँगै मुख्यालयले धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का र बाँकेका एसपी विमल डाँगीलाई पनि छानबिनका लागि बोलाएको छ । मुख्यालयले यस कदम चार जिल्लाको सीमा सुरक्षा स्थितिको व्यापक अध्ययन र सुधार गर्न थालेको जनाएको छ । यसअघि, बाराको मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक 'डीएसपी' विदुर भट्टराईलाई समेत मुख्यालय तानेको थियो ।
भट्टराईमाथि पनि तस्करीको व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहेको आरोप लागेको थियो । स्रोतका अनुसार, सीमा सुरक्षा जिम्मेवारीमा रहेका अधिकारीहरूकै कारण तस्करीजस्ता आपराधिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको भन्दै स्थानीय व्यापारी र सरोकारवालाहरूले धेरै पल्ट गुनासो गरेका थिए ।
सशस्त्र प्रहरी बलको मुख्यालयले उजुरीहरूलाई गम्भीर रूपमा लिएर तत्काल कदम चालेको हो । छानबिन प्रक्रियापछि वास्तविकता बाहिर आउने र आवश्यकता अनुसार थप कारबाही गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीको भनाइ छ । तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रहरूमा सुरक्षा थप सुदृढ बनाउने योजना पनि सशस्त्र प्रहरी बलले अघि सारेको छ ।
सशस्त्र प्रहरीको यस कदमलाई सङ्गठन भित्र बढ्दो भ्रष्टाचार र सीमा व्यवस्थापनमा आएको खण्डनका रूपमा हेरिएको छ । तस्करी नियन्त्रण र राजस्व बढाउने प्रयासमा छानबिनले महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपयुएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार