सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १३:३:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/police_kaTF5Qnteq_80lNXRSg0N.jpg)
११ पुस, काठमाडौं । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका प्रहरी कमाण्डले गरेको कमजोरीमा मुख्यालयले १४ जना अधिकृतलाई तानेर छानबिन गरिरहेको छ । सीमा सुरक्षामा खटिएको प्रहरी नै तस्करीलाई सहयोग थालेको सम्बन्धमा नेपाल बहसले निरन्तर समाचार प्रकाश गर्दै जाँदा सशस्त्र प्रहरी मुख्यालयले छानबिन शुरु गरेको हो ।
सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रण गर्ने दायित्व लिएर खटिएका सशस्त्र प्रहरी बलका १४ अधिकृतहरूलाई मुख्यालयले आन्तरिक छानबिन शुरु गरिरहेका बेला नेपाल प्रहरी भने मुक दर्शक बनेको छ । धनुषा, बारा लगायतका जिल्लामा रहेका नेपाल प्रहरीका जिल्ला प्रमुखले तस्करसँगको मिलेमतो भन्सार छलीलाई सहयोग पुर्याएको समाचार प्रकाशन हुँदा नेपाल प्रहरीले नत छानबिन नै गर्यो नत क्रस चेक नै गरेको छ ।
धनुषाका भुवनेश्वर तिवारी, बाराका महेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालयले संरक्षण गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका अधिकारीहरू र प्रहरी महानिरीक्षक वसन्त कुँवर मौन रहेका छन् । अवकाशको मुखमा रहेका कुँवरले चेनअफ कमाण्ड कायम राख्न नसकेको गुनासो आइरहेका बेला सशस्त्र प्रहरीको जसरी क्रस चेक समेत गर्न सकेका छैनन । ‘ तस्करीमा नेपाल प्रहरीबाट खटिएका जिल्ला प्रमुखको पनि साथ रहेको भन्ने गुनासाहरू गृहमन्त्रालयमा आएका छन् हामी त्यसलाई अनुगमन गरिरहेका छौ’, मन्त्रालय स्रोतले भन्यो ।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा विभागले ठूलो परिमाणमा तस्करी गराएको आरोपमा उनीहरुलाई उनीहरुलाई छानबिनका लागि तानेको जनाइरहँदा नेपाल प्रहरीका जिल्ला प्रमुखको बारेमा मौन बस्नुले शुभ संकेत नभएको गृहमन्त्रालय समेत जनाएको छ । यतिबेला सशस्त्र मुख्यालयले ४ गणपति, ४ गुल्मपति र ६ बीओपीका इन्चार्जलाई छानबिनका लागि तानेको छ ।
सशस्त्र प्रहरी ३ नम्बर गणका एसपी विश्व खड्का, सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोष बहादुर सिंह, ८ नम्बर गण धनुषाका दर्शन गिरी र ३० नम्बर गण बाँकेका बिमल डाँगी छानबिनका लागि मुख्यालय तानिएका छन् । गिरी धनुषामा विवादित भएको सम्बन्धमा पटक पटक नेपाल बहसले समाचार प्रकाशन गरेको थियो भने, डागी, खड्का र सिंहको बारेमा पनि पटक पटक प्रश्न उठाइएको थियो ।
तस्करी बढेको व्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् । त्यसैगरी, कपिलवस्तुको चाकरचौडा प्रस्तावित गुल्मका इन्चार्ज डीएसपी जयराम बस्नेत, कृष्णनगर गुल्मका शैलेन्द्र न्यौपाने पनि तानिएका थिए । उनीहरुको सम्बन्धमा सशस्त्र मुख्यालयमा छानबिन चलिरहेको छ ।
भन्सार छली तस्करी बढेको र राजस्व असुली कम भएका समाचारहरू आउन थालेपछि सशस्त्र प्रहरीको नवराजपुर बीओपी सिरहाका रोशन थापा, सुनसरीको अमरडुवा बीओपीका प्रकाश बिक्रम कार्की, मोरङको नोचा बीओपीको जयबहादुर दथेपुथेलाई पनि छानबिनका लागि मुख्यालयमा तानेको छ । महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा, झापा तिरिङ बीओपीका खेमबहादुर कटुवाल तानिएका छन् । तर यहीबीचमा कोशी प्रदेशको कमाण्ड गरिरहेका डीआइजी शम्भू सुवेदी भने अमेरिका उडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह
फागुन ७, २०८१ बुधबार
मस्कको भूमिका प्रमुख कार्यान्वयन कर्ताका रूपमा ट्रम्पको व्याख्या
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह
फागुन ७, २०८१ बुधबार
मस्कको भूमिका प्रमुख कार्यान्वयन कर्ताका रूपमा ट्रम्पको व्याख्या
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह
फागुन ७, २०८१ बुधबार
मस्कको भूमिका प्रमुख कार्यान्वयन कर्ताका रूपमा ट्रम्पको व्याख्या
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार