विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १४:५:५४
११ पुस, काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा अनुसार समूह गठन गरिएको हो । बिहीबार संसदीय मैत्री समूह गठन गरी राजनीतिक दलहरूबीच भागबन्डा समेत गरिएको छ ।
गठित मैत्री समूहमा अमेरिकासहित १४ वटा देशको संयोजक नेपाली कांग्रेसको भागमा परेको छ । अमेरिकामा नेपाली कांग्रेसका तर्फबाट प्रकाशशरण महत संयोजक रहेका छन् । नेकपा एमालेले भारतसहित १२ वटा देशको मैत्री समूहको संयोजक लिएको छ । भारतमा एमालेले रघुवीर महासेठलाई संयोजक बनाएको छ ।
नेकपा माओवादी केन्द्रले चीनसहित ६ वटा देशमा मैत्री समूहको संयोजक लिएको छ । चीनमा माओवादीले नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएको छ । संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।
नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको हो । २०७९ मंसिर ४ मा निर्वाचन सम्पन्न भएपनि त्यसको दुई वर्षपछि मात्रै संसदीय मैत्री समूह गठन भएको छ । समूह गठन गरी सभामुखले एक चरण छलफल पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार