गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १४:४२:१९
११ पुष, सिरहा । कृषि विकास बैंकको लहान शाखामा ऋणीले ताला लगाएका छन् । गलत प्रक्रियाबाट बहुमूल्य जग्गा कौडीको मूल्यमा लिलाम गरेको भन्दै ऋणीले बैंकको लहान शाखामा तालाबन्दी गरेका हुन् । ऋणीको समर्थनमा स्थानीयवासीहरू पनि बैंक परिसरमा जम्मा भएका छन् ।
बैंकका शाखा प्रबन्धक विवेक पौडेलले यो जग्गा लिलामी विषयमा मौन रहेका छन् । पूर्व प्रबन्धकको पालोमा यो सबै भएको बैंक ऋणीको भनाइ छ । लहान नगरपालिका–२ का किसान रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए । उनले मंसिर महिनाको पनि किस्ता तिरेपछि लिलामी निकालिएको बताएका छन् ।
ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम भएको र यसले अन्यायमा परेको ऋणी यादवले बताए । तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन् भने कर्मचारीहरू भित्रै थुनिएका छन् । प्रहरीले बाहिर सुरक्षा दिइरहेको छ । उनीहरूले जग्गा फिर्ता नभएसम्म आन्दोलन गरिने जनाएका छन् ।
०८१ कार्तिक २९ गते जग्गा लिलाम गरिदिने कर्मचारीले धम्की दिएका थिए । पैसा पटक–पटक बुझाइरहँदा पनि चलनचल्ती अनुसार १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवको गुनासो छ । कर्मचारीले आफूलाई लिलामी प्रक्रिया पनि जानकारी नदिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार