१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १५:२:४१
११ पुष, काठमाडौं । नेपाली कांग्रेसले केही जिल्लामा १०० दिने अभियानको म्याद थप गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कांग्रेसले अभियान नसकिएका जिल्लालाई समय थप गरेको जानकारी दिएको छ । ती जिल्लामा सहिद दिवसका दिन १६ माघसम्ममा अभियान सक्न भनिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णय अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन २०८१ असोज ७ मा प्रारम्भ भएको १०० दिने विशेष अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पौष १६ मा समापन गर्ने तयारी छ ।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीहरूलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशनसमेत दिइएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियान सम्पन्न हुन नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार