एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १५:४४:४७
११ पुस, पर्सा । नेपाल प्रिमियर लिग 'एनपीएल' क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी भएका छन् । वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएको हो ।
वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए ।
“दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,” उनले भने, “आगामी दिनमा दुवै खेलाडीले अझ ठूलो सफलता होस् भन्ने शुभकामना दिन चाहान्छु । वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु ।”
जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार