४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार १५:५७:१
११ पुस, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ४.१९ अंकले बढेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ । कुल ७० कम्पनीको शेयर मूल्य बढ्यो भने १६३ कम्पनीको घट्यो । यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज ६१ हजार ८३९ पटकको शेयर किनबेचबाट ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये चार वटा उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूहहरु घटे । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । हाइक्याप सेक्टर बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढेको हो ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढ्यो । प्रभुका अलवा मूल्य धेरै बढेका वाणिज्य बैंकहरुमा एनआईएमबी, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, कृषि विकास, हिमालयन तथा नेपाल बैंक क्रमशः रहे ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार