स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य

नेपालबहस संवाददाता
पुस ११, २०८१ बिहिबार २१:३४:५५

११ पुस, ढोरपाटन । बागलुङको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी दुवै पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेपछि दुई वर्षदेखि मातृशिशु मृत्युदर शून्यमा झरेको हो । गाउँका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना र सेवा प्रभावकारी बनेपछि मातृशिशु मृत्युदर शून्यमा झरेको निसीखोला गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले बताइन् ।
सामान्य रोगको उपचार गर्न घण्टौँ धाउनुपर्ने यी पालिकाका नागरिकले हाल एक घण्टामै स्वास्थ्य सेवा लिन पाएको उनको भनाइ छ । नियमित गर्भ परीक्षणदेखि गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा निसीखोलामा आमा र बच्चाको मृत्यु हुन छोडेको उनी बताउँछिन् ।
आर्थिक वर्ष २०७९/८० मा दुई जना आमा र शिशुको मृत्यु भएको थियो । पालिकाले नियमित गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउनेलाई यातायात खर्च दिने गरेको घर्तीको भनाइ छ । उनले भनिन्, “पहिले यस क्षेत्रमा जनचेतनाको कमी थियो, एकै जनाले धेरै बच्चा जन्माउने प्रचलन थियो, तर अहिले कम भएको छ ।”
निसीखोलामा पहिले चार वटा स्वास्थ्य चौकी रहेकामा हाल तीन आधारभूत स्वास्थ्य इकाइ र तीन सामुदायिक स्वास्थ्य इकाइ थपिएका छन् । वर्थिङ सेन्टर प्रत्येक वडामा स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यचौकी आउने गर्भवतीलाई दूरीका हिसाबले एकहजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म भत्ताको व्यवस्था गरेको घर्तीले जानकारी दिइन् ।
तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बर्थिङ सेन्टरको सङ्ख्या वृद्धि गरेर सेवा दिन थालेसँगै महिला सचेत भएको र मातृशिशु मृत्युदर शून्य भएको बताए । पहिले धामीझाँक्रीमा विश्वास गर्ने र स्वास्थ्य संस्था टाढा हुँदा धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको बताए । पहिले तीन वटा स्वास्थ्यचौकी मात्रै रहेको तमानखोलामा हाल वडा नं– ६ को नर्जाखानी, नं ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार