कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा

नेपालबहस संवाददाता
पुस १२, २०८१ शुक्रबार ८:४६:११

१२ पुस, खोटाङ । केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभा हलमा सञ्चालन हुँदै आएको नियमित बैठक यस पटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।
केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किराँत ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।
‘गाउँपालिकाको नामकरणको आधारसमेत रहेको केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरूलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ’, उनले भने, ‘कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवर्द्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।’
कार्यपालिकाको बैठकमा केपिलासगढीका बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवं संस्कृतिविज्ञ चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रम उल्लेख गरिएको छ ।
बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रूपमा उपलब्ध गराइएको थियो । केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्नेलगायत क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलो पटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।
जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनीकरणका लागि वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु असर न्यूनीकरण गर्नुपर्ने सांकेतिक अभियान र प्रयासका रूपमा समेत बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।
बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवं संस्कृतिविज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मान गरिएको उपप्रमुख गुरुराज राईले जानकारी दिए । केपिलासगढीमा विसं १८३० सम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्ने क्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ । बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बंकरलगायत संरचना अझै देख्न सकिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृतिविज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार