स्मार्ट सर्भिस र मोबाइल बैंकिङका क्षेत्रमा बजारमै नयाँ प्रयोग खोजिरहेको छ सिटिजन्स बैंक
स्मार्ट सर्भिस बैंकको वेबसाइट अथवा मोबाइल बैंकिङमा रहेको स्मार्ट सर्भिस दुबै प्लेटफर्मबाट सेवा लिन सकिन्छ
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १४:२६:८
वित्तीय क्षेत्रको अग्रणी बैंक हो सिटिजन्स बैंक । हालै मात्र यस बैंकले द फाइनान्सियल टाइम्स् लण्डनबाट वर्ष २०२४ का लागि बैंक अफ द इयर अवार्ड प्राप्त गरेको छ । बेलायतको द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एक एक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको छ । जसमा सिटिजन्स बैंकले बैंक अफ द इयर अवार्ड पाएको हो । यो अवार्ड भनेको सिटिजन्स बैंक वित्तीय कारोबारमा उत्कृष्ट भएको प्रमाण पनि हो । योसँगै पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बनाउने कुरामा यो बैंक निकै प्रयासरत देखिएको छ ।
सिटिजन्स बैंकले डिजिटल सेवालाई अझ परिष्कृत गर्ने योजना अनुरूप यसअघि स्मार्ट हब सेवा पनि सञ्चालनमा ल्याएको थियो । असोज महिनालाई डिजिटल मन्थका रुपमा मनाएको थियो । अब डिजिटल बैंकिङसँगै आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रविधिलाई समेत साथमै लिएर अघि बढ्ने तयारीमा रहेको यस बैंकले पछिल्लो समय स्मार्ट सर्भिस अन्तर्गत नयाँ सेवाहरु विकास गरी ग्राहकलाई दिने सेवालाई थप आधुनिक बनाएको छ । यसै अन्तर्गत रहेको यस पटक हामीले सिटिजन्स बैंकका ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख सरोज भट्टराईसँग स्मार्ट सर्भिस अन्तर्गत बैंकले गरिरहेका कामका विषय कुराकानी गरेका छौँ । जसका केही अंशहरु ।
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई दिने सेवालाई पछिल्लो समय निकै परिस्कृत गरिरहेको देखिन्छ, यसरी डिजिटल कारोबारलाई प्राथमिकता दिनुको कारण के हो ?
अबको युग नै डिजिटल युग हो । बैंकिङ कारोबारमा मात्र हैन मानवीय आवश्यकतासँग जोडिएका प्राय सबै काम डिजिटल माध्यमबाट गराउने प्रयास भइरहेको छ । यस क्रममा सिटिजन्स बैंकले पनि डिजिटल कारोबारमा ग्राहकहरुलाई विस्तारै अभ्यस्त बनाएर लानुपर्छ भनेर मोबाइल बैंकिङ, स्मार्ट सर्भिस जस्ता कुराहरुमा प्राथमिकता दिएको हो । सेवाग्राहीलाई अब परम्परागत शैलीमा हैन आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैकिङ सुविधा लिनुपर्छ । यसका लागि बैंकले हरप्रयास गरिरहेको छ भन्ने कुरा हामी ग्राहकसामु पुर्याउन चाहर्छौँ । डिजिटल बैंकिङ बैंक तथा वित्तीय कारोबारको कुरा गर्दा संस्थाको आन्तरिक अटोमोसन मात्र नभएर पेमेन्ट सिस्टमलगायत बैंकबाट प्रवाह हुने अन्य सेवा स्तरोन्ततिमा सिटिजन्स बैंक अगाडि जान चाहिरहेको छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले समेत डिजिटल बैकिङलाई विशेष प्राथमिकतामा दिन पहल गरिरहे को छ ।
सिटिजन्स बैंकको स्मार्ट सर्भिस योजना कस्तो हो, यो स्मार्ट सर्भिसभित्र के के कुराहरू समेटिएका छन् ?
सिटिजन्स बैंकले स्मार्ट सर्भिस योजना अन्तर्गत हाल चारवटा कुरालाई विशेष रुपमा ध्यान दिएको छ । जसमा कार्ड सर्भिस, मोबाइल इन्टरनेट बैंकिङ, डिम्याट सर्भिस र क्युआर मर्चेन्ट रहेका छन् । कार्ड सर्भिसमा नयाँ कार्ड रिकोइष्ट गर्न मिल्ने, पीन रिकोइष्ट गर्न मिल्ने, रिपीन रिकोइष्ट गर्न मिल्ने, कार्ड बल्क गर्न मिल्ने, कार्ड रिप्लेस गर्न मिल्ने र कार्डमा कुनै गुनासो गर्नु पर्यो भने पनि सिटिजन्स बैंकको स्मार्ट सर्भिसबाट यसबारे सेवा र सुविधा लिन सकिने भयो । यसैगरी इन्टरनेट बैंकिङको रजिष्टेसन, मोबाइल बैंकिङको रजिष्टेसन, मोबाइल पीन रिसेट, मोबाइन बैकिङको बल्क रिकोइष्ट र मोबाइल बैंकिङसम्बन्धी कुनै गुनासो गर्नु परेको छ भने स्मार्ट सर्भिस अन्तर्गतबाट आवश्यक सेवा लिन सकिन्छ ।
यो बाहेक डिम्याट सर्भिस अन्तर्गत मेरो शेयर रजिस्ट्रेसन, सीआरएन नम्बर रजिष्ट्रेसन, मेरो शेयर नविकरण सेवा लिन सकिन्छ भने मेरो शेयरको पासवर्ट रिसेट पनि गर्न सकिन्छ । डिम्याट सम्बन्धी केही गुनासाहरु छन भने पनि स्मार्ट सर्भिस अन्तर्गत गर्न सकिन्छ भने सीआरएन नम्बर हेर्नका लागि पनि यसबाट सेवा लिन सकिन्छ । अर्को क्युआर अन्तर्गत क्युआरको रजिष्ट्रेसन, पासवर्ट रिसेट, अकाउण्ट नम्बर परिवर्तन गर्न, क्युआरको मोबाइल नम्बर परिवर्तन गर्न र क्युआरसम्बन्धी केही गुनासा वा सुधार गर्नु परेमा स्मार्ट सर्भिस अन्तर्गत गएर सेवा लिन सकिन्छ ।
भनेको स्मार्ट सर्भिस अन्तर्गत जे कुरा राखिएका छन् त्यसबाट सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ हैन् ?
हो, स्मार्ट सर्भिस बैंकको वेबसाइट अथवा मोबाइल बैंकिङमा रहेको स्मार्ट सर्भिस दुबै प्लेटफर्मबाट सेवा लिन सकिन्छ । स्मार्ट सर्भिस अन्तर्गतका हामीले जुन चारवटा कुरा भनेको छौँ त्यसबाट कुनै पनि ग्राहकले बैंकसँग नियमित रुपमा कारोबार गर्न सकिन्छ । यो बाहेक मोबाइल बैंकिङमा रहेको स्मार्ट सर्भिसबाट योबैंक तथा अन्य बैंकमा पैसा पठाउने काम गर्न सकिन्छ । वित्तीय पहुँचका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैकिङ सेवा अन्तर्गतकै विषय हो स्मार्ट सर्भिस । यससँगै सिटिजन्स बैंकले प्रविधिको आधुनिकतालाई मध्यनजरमा राखेर नै मोबाइल बैंकिङ सेवालाई थप परिष्कृत बनाएको हो । अब कुनै पनि ग्राहकले पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्न वा बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा लिन घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छैन् । बैंकले आफ्नो मोबाइल बैंकिङ एप सिटिजन्स स्मार्टमार्फत सेवा लिन थप सुविधा दिएको छ ।
यो स्मर्ट सर्भिस अन्तर्गत नै केही नयाँ सुविधा थप्ने भन्ने कुरा पनि आएको थियो, त्यो कस्तो सेवा हो ?
हामीले हालसालै मात्र सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा माई अस्बा (my Asba)भन्ने नयाँ फिचर( feature) थप गरेका छौँ । यो फिचर नेपाली बैंकहरुमा भएको नयाँ प्रयोग हो । माई अस्बा फिचर अन्तर्गत हाम्रा ग्राहक वर्गहरुले रियल टाइम मा नै सिटिजन्स बैंकको मोबाइल बैकिङ एप मार्फत आइपीओ, एफपीयो, राइट शेयर दाखिला गर्न सक्नुहुन्छ । त्यस्तै सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप मार्फत नै रियल टाइममा सीआरएन नम्बर रजिस्ट्रेसन गर्न सक्नुहुन्छ ।
सिटिजन्स बैंकले यस पटक बैंक अफ द इयरको अवार्ड पाएको छ, डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएकै कारण यो पुरस्कार पाएको हो भन्न मिल्छ ?
हो, यो वर्षको बैंक अफ द इयर अवार्ड सिटिजन्स बैंकले पाएको छ । यस्तो अवार्ड पाउँदा हामी खुसी पनि छौँ । बेलायतको द फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२४ का लागि यो बैंकलाइ सो अवार्ड प्रदान गरेको हो । द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एक-एक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको छ । नेपालको तर्फबाट अन्य बैंकहरु मध्ये सिटिजन्स बैंक अवार्डका लागि छानिएको हो । यो बैंक अफ द इयर अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ । यो वर्ष सिटिजन्स बैंकले पाएको हो । यो अवार्ड पाउनुमा सिटिजन्स बैंकको मेनेजमेन्ट टिमको मिहिनेतको फल हो जस्तो लाग्छ मलाई । यो अवार्डका विषयमा धेरै कुरा त मलाई थाहा नहुन सक्छ । तर, तपाइले डिजिटाइजेसनको जुन कुरा उठाउनु भएको छ यसमा हामी प्रयासरत छौँ । ग्राहकलाई दिने सेवा र सुविधालाई उच्च स्तरको बनाउने प्रयास जारी नै छ ।
सिटिजन्स स्मार्ट मोबाइल बैकिङ एपमा रहेका कारोबारहरुका विषयमा यो बैंकसँग आवद्ध ग्राहकहरुलाई पूर्ण जानकारी छ कि अझै प्रयास गरिरहनु भएको छ ?
हामीले सिकाउने र हाम्रा ग्राहकहरूले सिक्ने क्रम जारी नै छ । बैंकले हरेक माध्यमबाट डिजिटल बैंकिङ कारोबार अभ्यस्त गराउने काम गरिरहेको छ । तपाइसँग जे कुरा भइरहेको छ त्यो पनि ग्राहकलाई हाम्रा सेवाहरुको विषयमा जानकारी दिने काम नै हो । अब सिटिजन्स स्मार्ट मोबाइल बैंकिङका विषयमा भन्नुपर्दा सिटिजन्सको मोबाइल बैंकिङमा विभिन्न बिल भुक्तानीसँगै अन्य आर्थिक कारोबारहरु समेत सहजै गर्न सकिने व्यवस्था छ । सिटिजन्स स्मार्ट मोबाइल बैकिङ एपमा रहेका कारोबारहरुमा फन्ड ट्रान्सफर सर्भिस, क्रेडिट बिल पेमेन्ट सर्भिस, मोबाइल टपअप सर्भिस, कार्ड रिक्वेस्ट सर्भिस, कार्ड पिन रिक्वेस्ट सर्भिस, फिक्स्ड डिपोजिट सर्भिस र पासवर्ड रिसेट सर्भिस रहेका छन् । सेवाग्राहीले आफू बसेकै स्थानबाट यी सेवाहरु सहजै मोबाइफमार्फत नै लिन सकिने कुरा हामीले जानकारी गराइरहेका छौँ ।
यसका साथै सेवाग्राहीले सिटिजन्स स्मार्ट सेवा लिइसकेपछि त्यसमा रहेका बिजुलीको बिल, खानेपानीको बिल, हवाई टिकट खरिद, इन्टरनेट तथा केबल टिभिको बिलका साथै बीमाको प्रिमियम समेत आफ्नै मोबाइल प्रयोग गरी घरमै बसेर तिर्न सक्नुहुन्छ । बैंकले आफ्ना ग्राहक वर्गलाई थप सेवा दिने हेतुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैकिङ एपमा यस्ता सुविधाहरु राखेको छ । डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै बैंकले खानेपानीको बिल, बिजुली तथा इन्टरनेटको बिल आदि सम्पूर्ण भुक्तानी गर्नुपर्ने संस्थाहरूसँगको समन्वयमा घरमै बसेर पैसा तिर्न सकिने सुविधा दिदैं आइरहेकै छ ।
अर्को यसमध्ये पहिलो सुविधा हो फन्ड ट्रान्सफर सर्भिस । सेवाग्राहीले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङबाट सहज रुपमा घरमै बसेर वा आफू भएकै स्थानबाट फन्ड ट्रान्सफर (रकम स्थानान्तरण) गर्न सक्नुहुन्छ । खातामा भएको रकम अन्य व्यक्तिको खातामा बिना झञ्झट रकम ट्रान्सफर गर्न सक्नुहुन्छ । सिटिजन्स बैंक मात्रै नभई अन्य बैंकको खातामा समेत सिटिजन्स स्मार्ट मोबाइल बैकिङमार्फत रकम स्थानान्तरण गर्न सकिन्छ । सँगसँगै सेवाग्राहीहरुले फन्ड ट्रान्सफरसँगै घरमै बसेर क्रेडिट कार्ड सर्भिसको समेत रिक्वेस्ट गर्न सक्नुहुन्छ । सेवाग्राहीले बिना झञ्झट बैंकले माग गरेको कागजात उपलब्ध गराई घरमै बसेर क्रेडिट कार्ड सर्भिसका लागि अप्लाई गर्न सक्नुहुन्छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै मोबाइल बैकिङ एपमा टपअप सर्भिसको समेत व्यवस्था गरिएको छ ।
यस्तै मोबाइलमा ब्यालेन्स सकिंदा पसलसम्म गएर रिचार्ज किन्नुपर्ने झञ्झटलाई बैकले मुक्त गरिदिएको छ । अब बैंकका ग्राहक तथा सेवाग्राहीहरुले मोबाइलमा ब्यालेन्स सकिंदा एकैछिनमा मोबाइल बैकिङमार्फत नै आफूलाई आवश्यक भएजति रकम टपअप गर्न सक्नेछन् । यसैगरी मोबाइल बैंकिङ एपमा ग्राहकहरूले अब भिसा कार्ड लिनका लागि बैंकको शाखा कार्यालयसम्म धाएर फर्म भर्नुपर्ने झञ्झटिलो अवस्था छैन् । आफू बसेकै स्थानबाट मोबाइल बैंकिङमार्फत बैंकले तोकेको मापदण्ड वा कागजात पूरा गरी भिसा कार्डका लागि रिक्वेस्ट गर्न सकिन्छ । एटिएम कार्डको पिन बिर्सिएर कार्ड नै ब्लक हुने अवस्था सिर्जना हुने कुरालाई ध्यानमा राखेर पासवर्ड वा पिन रिक्वेस्ट गर्न सकिन्छ । मोबाइल बैंकिङमा पासवर्ड रिक्वेस्ट सर्भिसलगायतका धेरै कुराहरु राखिएका छन् । #एड्भोटोरियल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार