जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
आबिद हुसेन
पुस १२, २०८१ शुक्रबार १५:२५:९
१२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग 'एनपीएल' को उपाधि विजेता टिम जनकपुर बोल्ट्सलाई मधेस प्रदेशको राजधानी जनकपुरधाममा भव्य स्वागत गरिएको छ। शुक्रबार जनकपुरको रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ, धनुषाले विशेष कार्यक्रम आयोजना गर्दै जनकपुर बोल्ट्सका खेलाडीहरूलाई सम्मान गरेको छ ।
कार्यक्रम अन्तर्गत रामजानकी रंगशालाबाट सुरु भएको ‘ट्रफी परेड’ जनकपुर बजार परिक्रमा गर्दै ऐतिहासिक रामजानकी मन्दिरसम्म पुग्यो। यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरूको गाडीमा सहभागी भएका थिए। नगर परिक्रमा दौरान हजारौं समर्थक उत्साहपूर्वक सहभागी भए। जनकपुरका चोकचोकमा खेलाडीहरूलाई स्थानीय बासिन्दा र क्रिकेटप्रेमीले भव्य स्वागत गरे।
धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेका अनुसार बिहीबार साँझ काठमाडौँबाट जनकपुर आइपुगेका जनकपुर बोल्ट्सका खेलाडीहरूलाई शुक्रबार आयोजित नगर परिक्रमा कार्यक्रमले अझ विशेष बनायो।
विजय उत्सवको सुरुवात जनकपुरबाट
नेपाल प्रिमियर लिग 'एनपीएल'को पहिलो संस्करणको विजेता बनेको जनकपुर बोल्ट्सले मधेस प्रदेशका सबै जिल्लाहरूमा विजय उत्सव मनाउने योजना बनाएको छ। गत शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको जनकपुर बोल्ट्सले विजय उत्सवको सुरुवात जनकपुरबाट गरेको हो।
जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेस प्रदेशका आठवटै जिल्लामा विजय उत्सव मनाउने जानकारी दिए। उनका अनुसार जनकपुरपछि महोत्तरी, सर्लाही, रौतहट, बारा हुँदै पर्साको वीरगन्जमा ¥याली आयोजना गरिनेछ। वीरगन्जमा विजय उत्सव सम्पन्न गरेपछि टिम पूर्वका जिल्लाहरू सिरहा र सप्तरीमा पनि पुग्ने कार्यक्रम रहेको छ।
जनकपुर बोल्ट्सको विजयले सम्पूर्ण मधेस प्रदेशलाई गर्वको अनुभूति गराएको छ। आगामी दिनमा यस टिमले अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने विश्वास गरिन्छ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार