नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
नेपालबहस संवाददाता
पुस १२, २०८१ शुक्रबार १७:३५:३०
१२ पुष, काठमाडौं । नागरिकता समस्या समाधान अध्ययन समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायत विषय समेटिएका छन् ।
गृहमन्त्री बनेपछि मन्त्री लेखकले गत भदौ ३१ गते गृहमन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन गरेका थिए । पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहेका थिए ।
प्रतिवदेन बुझ्दै गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताए । गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने बताएका हुन् । नागरिकता प्राप्त गर्न नहुने व्यक्तिले नागरिकता पाउने अवस्थाप्रति गम्भिर बन्नुपर्ने उनको भनाइ छ ।
नागरिकता निकै संवेदनशील विषय भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताए । प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहँुदैन । सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्, उनले भने, पटक÷पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ।
समितिले झन्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए ।
हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौं । कहाँ के समस्या औँल्याउनु भएको छ ? समाधानका उपाय के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरुले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौं, गृहमन्त्री लेखकले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
पुष १३, २०८१ शनिबार
हुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार