त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
नेपालबहस संवाददाता
पुस १२, २०८१ शुक्रबार २२:५१:२९
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले आज यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औं दीक्षान्त समारोह आयोजना गरिएको छ ।
उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् । “गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ”, उनले भने, “यसपटक गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित हुँदैछन् ।”
परीक्षा नियन्त्रक जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको बताए । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२ औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहनेछन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
शैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार