मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार १३:५३:१०
१३ पुस, तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । जाडो मौसम लागे संगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको छ। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।
डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुले संगै उक्त ठाउँ देखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता थुप्रै हिमश्रृंखला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।
पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गरेको कथन छ भने मनुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो पनि भन्ने गरिन्छ ।
काठमाडौँ देखि १६० किलो मिटर र पोखरा देखि ५५ किलो मिटर दुरी मा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट १० किलोमीटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ। गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ।
पैदल यात्री ले भने दमौली देखि करिव १ घण्टा हिँड्नु पर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल संचालक हरु बताउदछ। खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस ठाउँ , गाउँ छाडेका थिए।
अहिले पनि खाने पानि को भने दुख नै । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहा बस्न र खान को लागि प्रसस्त होटेल खाजा घर समेत खुली सकेका छन । तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकबाट महंगो रकम असुली, टुर्स एण्ड ट्राभल्सद्धारा राजस्व छली
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार