राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार १९:१०:१
१३ पुस, काठमाडौं । राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान संघ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
संघका अध्यक्ष सन्तोष कार्कीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने जानकारी दिए । उनले मेलामा च्याउका परिकारसमेत प्रदर्शनी गरिने र गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने बताए ।
भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताए ।मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ । मेला आयोजनाका लागि करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ ।
नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले जानकारी दिएको छ । नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।
संघका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।
पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् । विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको संघले जनाएको छ । सोही दिन च्याउ संघ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार