महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार २०:३७:३९
१३ पुस, मोरङ । नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१ औं राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि सुरु भएको छ । बारको महिला समितिद्वारा आयोजित दुईदिने सम्मेलनमा देशभर एक हजारभन्दा बढी कानुन व्यवसायी महिलाहरूको सहभागिता रहेको छ । कार्यक्रममा २५ जना कानुन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष आशा राईले जानकारी दिइन् ।
सम्मेलनमा सुनिता रेग्मी पोखरेल र सरस्वती डङ्गोलले महिला सहभागिताको अनिवार्यता, दीपेन्द्रकुमार खतिवडाले वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, रितु थापाले जलवायु परिवर्तनमा महिलाको भूमिका, डा विष्णु बस्यालले नेपालमा लैङ्गिक तथा यौनजन्य हिंसामा पुनःस्थापनासम्बन्धी कानुनी व्यवस्था एक चुनौती, दर्शन कर्ण राईले राजनीतिक सहभागितामा समावेशिताः महिला अधिकारको सुनिश्चितता विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने अधिवक्ता किरणकुमारी साहले जानकारी दिइन् ।
यसैगरी, सिर्जना कँडेलले जलवायु परिवर्तनले महिलामा पर्ने असर, शान्ता पाठकले नेपाल न्यायिक समितिः वर्तमान अवस्था, शर्मिला रेग्मीले न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप, विवाद समाधानका चुनौती, सबनम अधिकारी र सुमित्रा थापाले महिलाको समानुपातिक सहभागिताः अवसर र चुनौती, विमला खत्रीले प्रजनन स्वास्थ्य अधिकार, सुशीला कार्की र सन्ध्या कार्कीले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, इन्दु पाण्डेयले महिलाको समानुपातिक सहभागिताः अवसर र चुनौती, विपना योगीले प्रजनन स्वास्थ्य अधिकार, गरिमा भट्टराईले प्रसूति बिदाः अभ्यास र चुनौती, शैलजा साहले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरण, उमा थापाले न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप तथा विवाद समाधानका चुनौतीहरूलगायत विषयबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रस्तुत कार्यपत्रमा भोलिसम्म समूहगत छलफल गरी राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ । सम्मेलनमा नेपालले‘महिला हकहित र अधिकारका विषयमा अन्तर्राष्ट्रियस्तरमा गरेका सन्धि र सम्झौताको कार्यान्वयनमा देखिएका समस्या तथा उपलब्धिका विषयमा पनि चर्चा हुने अध्यक्ष राईले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार