टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार २०:३९:४१
१३ पुस, काठमाडौं । टर्कीएको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताउनुभएको छ ।
‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे ।
“हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,”उनले बताए।
स्थानीय समय अनुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।
कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।
टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार