अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
नेपालबहस संवाददाता
पुस १३, २०८१ शनिबार २२:१:४७
१३ पुस, महोत्तरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए ।
नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । “भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आपूm उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ”, उनले भने, “यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ”, उनले भने ।
युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याए । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो । “हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो ।
मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गन सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ”, डा कोइरालाले भने ।
यसअघि विविध कारणले रोकिएको यस क्षेत्रको अधिवेशन आज सुरु भएको हो । आज नेता राघवेन्द्र झाको अध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको र भोलि जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा पार्टीका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा बन्दसत्र हुने कार्यक्रम रहेको महासमिति सदस्य बजरङ्ग नेपालीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार
दैलेख जिल्लाका विभिन्न डाँडा पाखाको दृश्य
पुष १४, २०८१ आइतबार