सीमा क्षेत्रको अवैध गतिविधि नियन्त्रण गर्न नेपाल-भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १०:२४:४
१४ पुस, महोत्तरी । महोत्तरीको बर्दिबासमा नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरूको बैठक सम्पन्न भएको छ। शस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा शनिबार साँझ भएको डीआईजी स्तरीय बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीबीच छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुत बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीबीच नियमित रुपमा हुने उक्त बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गरेको हो।
दुई पक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ वाहिनीले जानकारी गराएको छ।
बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति डीआईजी कालीदास धौवजी, भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डीआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको प्रदेश प्रवक्ता तथा सशस्त्र प्रहरीका एसएसपी सुरजसेन ओलीले बताए ।
त्यसैगरी दुई दिने कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरू, निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया सम्पन्न
पुष १५, २०८१ सोमबार
दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू
पुष १५, २०८१ सोमबार
एनपीएल विजेता जनकपुर बोल्टसलाई गौरमा भव्य स्वागत
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार