आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १०:५९:२९
१४ पुष, हेटौंडा । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण गत असोज १५ गतेदेखि यस उद्योगको उत्पादन बन्द छ । राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने एउटा माध्याम बनेको यो उद्योग लामो समयदेखि आर्थिक रुपले संकटमा छ ।
उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । हामीसँगै कच्चा पदार्थको अभाव छैन, अध्यक्ष भण्डारीले भने, उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ । आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार