अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार

नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार ११:१४:५०

१४ पुस, काठमाडौं । नेपाल प्रहरीमा दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली हुँदैछ । एआईजीद्धय भरत बोहोरा पुस १४ र किरण बज्राचार्य पुस १६ गते अवकाशमा जाने भएपछि दुई एआईजीको दरबन्दी खाली हुने भएको हो । दुवै जना ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।
अब रिक्त हुने एआईजीका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु कुवेर कडायत, रविन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई र लालमणि आचार्य मुख्य प्रतिस्पर्धामा छन् । उनीहरु सबै एउटै लटमा बढुवा भएका हुन् । जसमा कडायत, केसी र भट्टराई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याचमेट हुन् भने खापुङ र आचार्य हालका एआईजी दीपक थापाका ब्याची हुन् । त्यसैले सिनियर टोलीका ३ जनामध्ये बाटै एआईजी बढुवा सिफारिस गर्ने तयारी भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले आफ्ना व्याचीहरुलाई एआइजी बनाउने रणनीति लिएपछि कठायत,केसी र भट्टराई मध्ये दुईको सिफारिस गर्ने तयारी गरेका छन् ।
पछिल्लो केही महिना यता प्रहरीको बढुवामा एआईजीलाई मात्रै केन्द्रमा राखिएको भनेर तल्लो तहका अधिकृतहरू असन्तुष्ट बनेका छन् । तर गृह मन्त्रालय अहिले पनि एआईजी बढुवा निकालेपछि मात्र अन्य निकाल्ने तयारीमा छ । पछिल्लो एआईजी बढुवा हेर्दा आईजीपी कुँवरका ब्याचीहरुलाई प्राथमिकतामा राखिएको छ । जसकारण एआईजीको बढुवाको प्रबल दाबेदारहरु हुन्, कडायत, केसी र भट्टराई । तर, उनीहरुमध्ये एकजना भने बढुवामा छुट्नेछन् । एआईजीको दुई पद रिक्त तर, बढुवाका दाबेदारहरु तीन जना रहेकाले एकजना छुट्ने भएका हुन् ।
कात्तिक यता एआईजीका रिक्त तीन पदमा बढुवा गरिसक्दा पनि एसएसपीको बढुवामा गृह मन्त्रालयले चासो दिएको छैन । छोटो अवधिका लागि एआईजी बनाएर अवकाशमा पठाउने गरिएको छ । पछिल्लो पटक दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआइजीमा बढुवा गर्ने निर्णय भयो। निर्णयअनुसार दुर्गासिंह चन्द र भरतबहादुर बोहरा एआईजीमा बढुवा भइसकेका छन । बोहरा यही पुस १४ गते अर्थात सोमबार अवकाशमा जाँदै छन् । त्यस्तै एआइजी किरण बज्राचार्य पनि उमेरहदका कारण यही पुस १६ मा अवकाशमा जाँदैछिन् ।
बोहरा र बज्राचार्यको स्थानमा बढुवाका लागि सिफारिसको तयारी हुँदैछ । तर पनि एसएसपी बढुवाका लागि गृह मन्त्रालयले चासो दिएको छैन। प्रहरी पछिल्लो पटक छोटो अवधिका लागि एआईजीमा बढुवा गर्दै अवकाशमा पठाउँदै गर्दा राज्यलाई आर्थिक दायित्व थपिएको छ । प्रहरीमा एआईजीबाट अवकाश हुने उमेरहद ५६ वर्ष तोकिएको छ । अवकाशको सम्मुखमा एआईजीमा बढुवा गर्ने क्रम अझै रोकिएको छैन । कुनै बेला नेपाल प्रहरीमा एआईजीको दरबन्दी १६ थियो । २०७४ कात्तिकमा एआईजीको दरबन्दी १६ पुर्याइएको थियो । अहिले एआईजीको दरबन्दी आठ छ ।
एक वर्षमा आठजना एआईजीमा बढुवा र अवकाशमा जाने अवस्था बनेको छ । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीहरू तीन जनाबाहेक सबै एआइजी भएर बिदा हुँदैछन । यसै वर्ष मीरा चौधरी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, किरण राणा, केदार ढकाल, भीम ढकाल, उमेरहदका कारण एआईजीबाट अवकाशमा गइसकेका छन भने अबको दुई दिनमा थप दुई जना विदा हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
फागुन ७, २०८१ बुधबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
फागुन ७, २०८१ बुधबार
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
फागुन ७, २०८१ बुधबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
फागुन ७, २०८१ बुधबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
फागुन ७, २०८१ बुधबार
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
फागुन ७, २०८१ बुधबार
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
फागुन ७, २०८१ बुधबार
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
फागुन ७, २०८१ बुधबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
फागुन ७, २०८१ बुधबार