लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १२:४३:२४
१४ पुस, काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएका हुन् ।
आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण भएको छ, उनले भने ।
हेलिकोप्टरमा पाँच विदेशी यात्रु र पाइलट थिए । हेलिकोप्टर चेकजाँच भइरहेको र अन्य कुनै क्षति नभएको शेर्पाले जनाए । हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार