भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा अरुलाई दोष दिएर हुन्न, सरकार दह्रो हुनुपर्छः कोइराला
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १३:४५:३९
१४ पुष, जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरामा सरकार विचलित हुन नमिल्ने बताएका छन् । उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेकाले यसले आफ्नो अभिभारा पुरा गर्नुपर्ने उनको भनाइ छ ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताए । सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको उनले बताए ।
नेता कोइरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबीच सक्रियता पूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने बताए । कोइरालाले, केन्द्रले संघीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी एन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हाल सम्मान बन्न सकेको र यसमा आफू स्वयंम पनि जिम्मेवार रहेको बताए ।
मधेश प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उति नै जिम्मेवार रहेको उनले बताए । त्यस्तै, यसको समाधानका लागि जति सक्दो निजामति कर्मचारी ऐन, प्रहरी एन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।
सीडीओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे । उनले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने भन्दै उनले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।
कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताए । अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए । युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादन मूलक काममा लगानीको आवश्यकता औंल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार