एनपीएल विजेता जनकपुर बोल्टसलाई गौरमा भव्य स्वागत
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १४:३८:१२
१४ पुस, रौतहट । नेपाली प्रिमियर लिग 'एनपीएल' विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ ।
हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो।
एनपीएल सिजन १ का विजेता बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।
सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आईतवार विहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रुपमा स्वागत गरेका थिए।
त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो।
सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुको सहभागिता रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार