माओवादी नेताले हडपेको शेरा दरबारको १६४ रोपनी जग्गामाथि छानबिन गर्न सरकारले देखायो चासो
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १५:२७:४४
१४ पुष, काठमाडौं । सरकारले नुवाकोटको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा नेकपा माओवादीका नेताको नाममा लैजान गरेको घटनाको छानबिन गर्न चासो देखाएको छ । यो जग्गा हडप्ने प्रयासमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता देखिएको छ । उनी प्रधानमन्त्री भएका बेला यो जग्गाको छानबिन नै रोकेका थिए । आइतबार गृहमन्त्री रमेश लेखकले यस विषयमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दीपक थापासँग छलफल गरेका छन् ।
गृहमन्त्री लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरी अधिकारीसँग छलफल गरेका हुन् । कुँवर र सीआईबी प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर सो विषयमा छानबिन प्रक्रिया चाँडो सकेर दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन पनि दिएका छन् । गृहमन्त्रीको स्वकीय सचिवालयका अनुसार गृहमन्त्री लेखकले उक्त विषयमा गम्भीर भएर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका हुन् । उनले उक्त विषयमा जुनसुकै राजनीतिक दलका नेताहरुको संलग्नता भएपछि उनीहरुमाथि छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार सीआईबीले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन ब्यूरोले अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ । ब्यूरोले नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
शेरा दरबारको विषयमा सीआईबीबाट छानबिन भइरहको सन्दर्भमा गृहमन्त्रीले सीआईबी प्रमुख एआइजी दीपक थापा र प्रहरी प्रमुख कुँवरलाई सो प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यसका लागि छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर उक्त विषय टुंगोमा पुर्याउन गृहमन्त्रीले निर्देशन छ । शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेपछि सरकार छानबिन अगाडी बढाउन तातेको हो ।
हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको हो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
नयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार