प्रचण्डबारे ओलीको टिप्पणी, म्याजिक नम्बर भन्दै अर्काको काँध चढेर धक्कु लगाएर खाने दिन गए
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १७:४:५३
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार गठबन्धनको नभएको बताएका छन् । उनले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको दावी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ कटाक्ष गरे ।
उनले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरे । अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो, ओलीले भने । उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।
‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं । विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ । अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ । यसले गर्छ । किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो,’ ओलीले प्रश्न गर्दै भने, ‘ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भयो । एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने ?’
अहिले एमाले र कांग्रेसको नेतृत्वको सरकारले दश बनाउने काम गर्ने बताए । यो सरकार देशको राजनीति अत्यन्त अस्थिर भएपछि बनेको बताए । ठूला पार्टीका बीचमा झगडा लगाउने, अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भन्दै ओलीले एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अर्काको काँधबाट फेरि अर्काको काँधमा उफ्रने, अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरीतन्त्र चलाउँदै गर्ने, अब तिनका त्यस्ता दिन गएको बताए । यो दिन जानुपर्छ भनेर नै एमाले र कांग्रेसले मिलेर अहिलेको सरकार चलाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिले विभिन्न ५ देशका राजदूतहरुलाई गराए शपथ
पुष १७, २०८१ बुधबार
प्रतिनिधिसभाका सचिव राईद्वारा शपथ ग्रहण
पुष १७, २०८१ बुधबार
नयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
पुष १७, २०८१ बुधबार
अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी
पुष १७, २०८१ बुधबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
राष्ट्रपतिले विभिन्न ५ देशका राजदूतहरुलाई गराए शपथ
पुष १७, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार