प्रहरीका कार्यालय सहयोगी रुम्बाको हत्या आरोपमा गुप्तचरका इन्सपेक्टरसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १७:३२:२४
१४ पुस, काठमाडौं । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ मा गएको ६ पुसमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए ।
प्रहरी कर्मचारीको हत्यामा संलग्न राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का इन्सपेक्टरसहित तीन जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–३ घर भई बारामा कार्यरुत गुप्तचरका इन्सपेक्टर श्रीकान्त तिवारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
तिवारीसहित प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई पक्राउ गरी बारा प्रहरीले सार्वजनिक गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए । सो कार गुप्तचरका इन्सपेक्टर तिवारीको हो ।
उनीहरुले कलैया जाने भनेर रुम्बालाई बोलाएको बाटोमा पिसाब फेर्न भनेर गाडी रोकी टाउकोमा गोली हानेर हत्या गरेको बाराका एसपी महेन्द्र खड्काले बताए । घटनापछि रुम्बाको सुनको सिक्रि तथा झोला समेत दासले नै लिएर गएकोमा प्रहरीले सो बरामद गरेको छ । हत्याको कारण अझै प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।
गुप्तचरका इन्सपेक्टरको हत्यामा कस्तो भूमिका थियो भन्नेबारे प्रहरीले केही बताएको छैन । एसपी खड्काका अनुसार मृतकका परिवारले उनीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । साथै, उनले के कारणले सो कार रुम्बालाई दिए भन्ने विषयमा थप अनुसन्धानका लागि उनलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाउपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार
कोटेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
पुष १४, २०८१ आइतबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
पुष १७, २०८१ बुधबार
अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी
पुष १७, २०८१ बुधबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
राष्ट्रपतिले विभिन्न ५ देशका राजदूतहरुलाई गराए शपथ
पुष १७, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार