नागार्जुनका मेयर बस्नेतमाथि ९ करोड घुस र १३ करोड सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १८:४१:२२
१४ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड रुपैयाँ घुस खाएको आरोपमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई पद्मा मर्चेन्ट कम्पनी प्रालिलाई २५ करोड रुपैयाँ लाभ पुर्याएको र सो बापत उनले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबाट कम्पनीका सञ्चालक राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारले जनाएको छ ।
त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो । अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
वार्षिक निर्यात ६० अर्बमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य
पुष १७, २०८१ बुधबार
घोडामार्फत सल्लाको सुकेको पात घर ल्याइँदै
पुष १७, २०८१ बुधबार
जिमी कार्टरको अन्त्येष्टि समारोहमा ट्रम्प सहभागी हुने
पुष १७, २०८१ बुधबार
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
पुष १७, २०८१ बुधबार