विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको पाइयो: प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार १९:११:१३
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५० औं दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको बताए । “दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको थियो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्रिविको दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुन सहभागी भएका थिए । समारोहमा विभिन्न पुरस्कार प्रदान गरिएको थियो । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
पुष १७, २०८१ बुधबार
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार