प्रमुख प्रशासकीयले गैरकानूनी उत्खनन् रोक्न खोज्दा पालिका अध्यक्षले सोधे स्पष्टीकरण
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार २०:१८:१०
१४ पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई उत्खनन् कार्य रोक्न पत्र पठाएको भन्दै स्पष्टीकरण सोधेका छन् ।
प्रशासकीय अधिकृत पौडेलले यही पुस ८ गते गाउँपालिका– २ को बिर्ता जाने नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपमा माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेका थिए ।
उनले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ग्रामथानअन्तर्गतका विभिन्न नहर र सडकबाट गैरकानूनी रूपमा उत्खनन् भइरहेको सूचना आएको र गाउँपालिकाले अनुगमन गर्दासमेत उत्खनन् भइरहेको पाइएकाले गैरकानूनी उत्खनन् रोकी सवारीसाधन नियन्त्रणमा लिइदिन अनुरोध छ ।’
त्यसबारे प्रहरीलाई पत्र लेखेको भन्दै पालिका अध्यक्ष माझीले पुस ११ गते प्रशासकीय अधिकृत पौडेललाई स्पष्टीकरण सोधेका हुन् । ‘प्रहरीलाई के कति कारणले पत्र काटिएको हो ? भनेर प्रशासकीय अधिकृत पौडेलसँग स्पष्टीकरण सोधिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार