पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार २१:११:४२
१४ पुस, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरुको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को तयारी पूरा भएको छ ।
परशुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु हुने दुई दिने सम्मेलनको सम्पूर्ण व्यवस्थाकीय तयारी पूरा भएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए । सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने उनले बताए । स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख जोशीले बताए ।
“पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरु, प्रादेशिक र क्षेत्रीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ”, उनले भने, “फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सूदुरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले विभिन्न पाँच विषयमा स्थानीय तहका प्रमुख तथा विषय विज्ञहरुले विमर्श गर्ने र त्यसको निष्कर्षले यहाँको विकासका लागि सहकार्यमार्फत दिगो रणनीतिहरू निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।
उनका अनुसार सम्मेलनमा ‘नीतिका कुरा’ सत्रमा प्रशासकीय कानुनविद् काशीराज दाहाल, सुदूरका सम्भावनाबारे लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपाने, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, स्थानीय तहका चुनौती र सम्भावनाबारे स्थानीय प्रमुखहरु, विपद् व्यवस्थापन र जलवायु परिवर्तन तथा महाकाली संवाद सत्रमा प्रमुख सरोकारवालाहरुबीच विमर्श हुनेछ ।
नगरप्रमुख जोशीले भने, “स्थानीय तहका नेतृत्वकर्ता मात्रै होइन हाम्रा क्रियाकलाप, विकास प्राथमिकता, कार्यान्वयन शैली र सुधारका पक्षमा विषय विज्ञहरूबाट सुझाव लिई यस क्षेत्रका अद्वितीय सम्भावनालाई साकार गर्न नवीन योजना निर्माणमा टेवा पु¥याउन सम्मेलनले भूमिका खेल्नेछ । यो नियमित कार्यक्रम नभई सुदूरपश्चिमलाई अझ राम्रो बनाउन समर्पित यात्रा हो ।”
नगरपालिकाका सल्लाहकार तेजराज विष्टले दुईदिने सम्मेलनले महत्वपूर्ण नीति संवादको माध्यमबाट सुदूरपश्चिमको समृद्ध भविष्य निर्माण गर्न साझा सङ्कल्पको खोजी गर्ने बताए । “स्थानीय तहमा सबैले आआफ्नो हिसाबले काम गरिहरेका छौँ । त्यसरी काम गर्दा आइपरेका समस्या, चुनौती र साझा प्रयत्न गरेमा समग्र सुदूरपश्चिमको विकासका लागि हुनसक्ने सकारात्मक सुधारका विषयमा सम्मेलनमा छलफल गरिनेछ, यसले आगामी दिनमा एकताबद्ध भएर काम गर्न र एकअर्काका विकास प्रयासमा सहयोग आदानप्रदान गर्न सहज हुनेछ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार