कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
नेपालबहस संवाददाता
पुस १४, २०८१ आइतबार २१:५३:४८
१४ पुस, कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल संघ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गरिने बताएका छन् । पोखरामा आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरीत कार्य गर्ने ओलम्पिक कमिटी र निर्वाचनमा सहभागी भएका राष्ट्रिय खेल संघमाथि कारबाही हुने बताए।
“नेपाल ओलम्पिक कमिटी र खेल संघको गतिविधिलाई नेपाल सरकारले सहज रुपमा लिएको छैन । खेल संघलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधेका छौँ । जवाफ प्राप्त भएपछि कारबाही प्रक्रियाअघि बढाउँछौँ”, मन्त्री चौधरीले भने।
मन्त्री चौधरीले २७ खेल संघमध्ये २० वटाले ओलम्पिक कमिटीको निर्वाचनमा अनलाइनमार्फत भोटिङ गरेको र अदालत तथा सरकारको निर्देशन अवज्ञा गरेको बताए। नेपाल ओलम्पिक कमिटीको यही पुस १३ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम रोक्न सर्वोच्च अदालतले पुस ११ गते अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि राष्ट्रिय खेलकुद परिषदले ओलम्पिक कमिटी र कमिटीसँग आबद्ध सम्पूर्ण खेल संघ तथा प्रतिनिधिलाई निर्वाचन नगर्नु र नगराउनु भन्ने निर्देशन जारी गरेको थियो ।
सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरीत शनिबार निर्वाचन गरेर ओलम्पिक कमिटीले नेतृत्व चयन गरेको थियो । अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्ष बनेको घोषणा गरिएको थियो । यसैबीच मन्त्री चौधरीले कर्णाली प्रदेशमा तय भएको १० औं राष्ट्रिय खेलकुद तोकिएको समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
पुष १७, २०८१ बुधबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार