पहिलो सुदूरपश्चिम मेयर सम्मेलन २०८१ आजदेखि सुरु हुँदै
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार ८:५:५५
१५ पुस, डडेल्धुरा । परशुराम नगरपालिकाको आयोजनामा पहिलो सुदूरपश्चिम मेयर सम्मेलन २०८१ सोमबारदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले दुई दिने सम्मेलनको आयोजना गरिएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने छन् । स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि संगठित आवाज मुखरित गर्ने लक्ष्य सम्मेलनको छ ।
“पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरु, प्रादेशिक र क्षेत्रीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ”, उनले भने, “फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सूदुरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले विभिन्न पाँच विषयमा स्थानीय तहका प्रमुख तथा विषय विज्ञहरुले विमर्श गर्ने र त्यसको निष्कर्षले यहाँको विकासका लागि सहकार्यमार्फत दिगो रणनीतिहरू निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताइन् ।
उनका अनुसार सम्मेलनमा ‘नीतिका कुरा’ सत्रमा प्रशासकीय कानुनविद् काशीराज दाहाल, सुदूरका सम्भावनाबारे लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपाने, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, स्थानीय तहका चुनौती र सम्भावनाबारे स्थानीय प्रमुखहरु, विपद् व्यवस्थापन र जलवायु परिवर्तन तथा महाकाली संवाद सत्रमा प्रमुख सरोकारवालाहरुबीच विमर्श हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
पुष १८, २०८१ बिहिबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
पुष १७, २०८१ बुधबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
पुष १८, २०८१ बिहिबार
संघीय संसदका ६ वटा समितिको बैठक बस्दै
पुष १८, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार