चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार ११:११:३
१५ पुस, सोलुखुम्बु् । यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो । उनले भने,“यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ, त्यसैले चिसोबाट जोगिन साङ्केतिक रुपमा भए पनि हामीले यो कार्यको थालनी गरेका हौँ, चिसोका कारण जिल्लावासीको दैनिकी नै निकै कष्टकर हुँदै गएको महसुस गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौँ ।”
डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने स्थान निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । उनले भने, “हामीलाई वन कार्यालयले दाउराको व्यवस्था मिलाइदिएको छ, त्यसैले यो कार्य निरन्तर जारी रहन्छ र स्थानहरुमा पनि प्रहरीले आगो ताप्ने व्यवस्था मिलाउने काम गर्छ ।” आगो ताप्ने स्थान सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएकाले चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा मिल्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
पुष १४, २०८१ आइतबार
होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा
पुष १८, २०८१ बिहिबार
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार