दक्षिण कोरियाका पुर्व राष्ट्रपति युनलाई हिरासतमा लिन पक्राउ गर्न माग
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १२:३:२२
१५ पुस, काठमाडौं । दक्षिण कोरियाली अधिकारीहरूले निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न माग गरेका छन् । केही साता अघि छोटो समयका लागि मार्शल ल घोषणा गरेको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका हुन ।
दक्षिण कोरियाको संयुक्त अनुसन्धान मुख्यालयले सोमबार युनलाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न माग गरेको बताएको छ।
उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय 'सीआईओ', प्रहरी र रक्षा मन्त्रालयका अधिकारीहरू सम्मिलित संयुक्त अनुसन्धान टोलीले महाभियोग लागेका नेताले सोधपुछका लागि उपस्थित हुन तीनवटा पत्रको बेवास्ता गरेपछि पक्राउ पुर्जी मागेको जानकारी दिएका छन ।
एक अदालतले पुर्व राष्ट्रपति युनलाई हिरासतमा राख्न अनुरोध गरेपछि वारेन्ट जारी गर्ने कि नगर्ने निर्णय गर्नेछ, जुन दक्षिण कोरियाको इतिहासमा पहिलो हुने जनाइएको छ ।
जबकि यून एक वर्तमान राष्ट्रपतिको रूपमा धेरै अपराधहरूको लागि अभियोगमा संलग्नछन्, उनी विद्रोह वा देशद्रोहको मामिलामा कानुनी परिणामहरूबाट सुरक्षित छैनन्।
युनका वकिल युन ग्याप गेनले योनहाप समाचार एजेन्सीलाई भने कि, ‘सीआईओले आफ्नो अधिकार भन्दा बाहिर काम गरिरहेको छ र उसले हतास कुराले राम्रो सन्देश दिएको छैन ।’
डिसेम्बर ३ मा युनको छोटो मार्शल ल लागूले दक्षिण कोरियालाई स्तब्ध बनाएको थियो, र्वी एसियाली राष्ट्र बितेका दशकको तुलनामा सबैभन्दा ठूलो राजनीतिक संकटमा डुबेको छ ।
यूनलाई डिसेम्बर १४ देखि आफ्नो कर्तव्यबाट निलम्बन गरिएको छ, जब त्यहाँको संसदले २०४–८५ मतको अन्तरले उनी माथी महाअभियोग प्रस्ताव पारित गरेको थियो । लगत्तै उनी निलम्बनमा परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार