नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १२:२६:३८
१५ पुस, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिए ।
महासंघकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले भने, “व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ ।”
उनले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो । सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात् पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा रु ५० लाखबाट वढाएर रु दुई करोड बनाउनु पर्ने भनाइ राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि
पुष १८, २०८१ बिहिबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
पुष १८, २०८१ बिहिबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
पुष १८, २०८१ बिहिबार