मौन स्नान गरी मनाइयो सोमबारे औँशी
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १२:४४:५
१५ पुस, काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।
पौष कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन् ।
सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।
माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ । आजको सोमबारे औँशी यस वर्षको अन्तिम सोमबारे औँशी भएको ज्योतिषी एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
पुष १८, २०८१ बिहिबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
पुष १८, २०८१ बिहिबार
सन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
भन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या
पुष १८, २०८१ बिहिबार