इथियोपिया सडक दुर्घटना हुँदा ७१ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १३:३:४६
१५ पुस, इथियोपिया । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, “दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।” स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।
“घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्”, पोस्टमा भनिएको छ, “प्रहरीले दिएको जानकारीमा घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी दिइएको छैन।”
राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।
स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्बिरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो। ब्युरोले सार्वजनिक गरेका अन्य तस्बिरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।
अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक बर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या
पुष १८, २०८१ बिहिबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
पुष १८, २०८१ बिहिबार
सन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
भन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या
पुष १८, २०८१ बिहिबार
होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार