नयाँ पार्टी खोल्न अन्य दलका असन्तुष्ट नेता खोजिरहेका छन भीम रावल, बुधबार घोषणा हुन सक्ने
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १४:१४:५२
१५ पुष, काठमाडौं । नेकपा एमालेबाट निस्कासन भएका भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले नयाँ पार्टी बनाउन विभिन्न दलमा असन्तुष्ट भएर बसेका नेताहरु खोजिरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादीसहित अन्य दलमा ठाउँ नपाएका र असन्तुष्ट बनेका नेतासँग उनको वार्ता चलिरहेको बताइएको छ ।
पार्टी खोल्ने र आगामी कार्य योजनाबारे जानकारी दिन रावलले बुधबार कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन राखेका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिएका छन् । रावलले सम्भवत आगामी बुधबार नयाँ पार्टी घोषणा गर्नेछन् ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल बीपी कांग्रेसका हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् ।
२०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभा अन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृय जस्तै बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा
पुष १८, २०८१ बिहिबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
कुमारी बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी
पुष १८, २०८१ बिहिबार
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
पुष १८, २०८१ बिहिबार