खबरदारी गर्न झापा पुगेका प्रचण्डले ओलीमाथि लगाए गम्भिर आरोप, गिरीबन्धुमा देखाइदिने धम्की
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १६:२२:१०
१५ पुष, काठमाडौं । पार्टीको खबरदारी सभामा भाग लिन सोमबार झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर रुपमा खनिएका छन् । ओलीको गृहजिल्ला पुगेर प्रचण्डले गिरीबन्धुमा देखाइदिने धम्की पनि दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाए ।
यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लो पटक कांग्रेससँगको सत्ता सहकार्यपछि देखिएको तिक्तता उनले पोखेका छन् । उनले ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानी भएको आरोप लगाए । अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उनको दिमागमा अरू केही छैन ।
प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन ओलीलाई चुनौती दिए । उनले झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार गरेको बताए । हाम्रो पार्टीबाट झण्डै १२–१५ वर्षअघि पार्टी छाडिसकेका मान्छेको जग्गाको विषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा हो यो भनेर ल्याइएको छ । यो भन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन, प्रचण्डले भने, यदी भ्रष्टाचार र बेथितिको मुद्दामा हाम्रै पार्टीका नेता देखिए म छुट दिने पक्षमा छैन ।
लामो समय ओलीमाथि नै केन्द्रित भएका प्रचण्डले गिरीबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने बताए । उनले गिरीबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर ओलीलाई देखाइदिन बताए । मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरीबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्क सँग बुझे हुन्छ । फाइल खोलेर छाडिन्छ ।
प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए । प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वार्टरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरे । भ्रष्ट, दलाल, बिचौलिया विरुद्ध एकजुट भएर लाग्न म उनले अपिल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार