पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया सम्पन्न
आबिद हुसेन
पुस १५, २०८१ सोमबार १६:३३:२४
१५ पुस, वीरगञ्ज। पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा पालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, तथा सरोकारवालाहरूको उपस्थितिमा सेवा प्रवाहको सुधार र सुशासन कायम गर्ने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार ९अजय सर्राफ० ले जनताका समस्या समाधान गर्न सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउनु आवश्यक रहेको बताए। उनले पछिल्लो समय सेवाग्राहीहरूले सरकारी सेवा प्राप्त गर्न झन्झटिलो प्रक्रियाबाट गुज्रनु परेको गुनासो बढ्दै गएको उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई आफ्नो कार्य प्राथमिकतामा नागरिक सेवा राख्न आग्रह गरे।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले पर्सा जिल्लाको नेतृत्व सम्हालेपछि सेवा प्रवाहमा सुधार आएको दाबी गरे। उनका अनुसार जनताले छिटो, छरितो र पारदर्शी रूपमा सेवा पाउनुपर्ने भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नदिइने छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले झेल्नुपर्ने झन्झट र प्रक्रियागत जटिलता हटाउन आफूले कदम चालेको उल्लेख गरे। उनले भने, 'हाम्रो प्राथमिकता भनेको नागरिकका समस्यालाई सहज ढंगले समाधान गर्ने हो। सरकारी निकायहरू जनताको सेवामा खटिने संस्थाका रूपमा काम गर्नुपर्छ। त्यसका लागि प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर लाग्नुपर्छ।'
उनले थपे, 'सुशासनको मर्म भनेकै सेवा प्रवाहमा पारदर्शिता र सहजता हो। यो सुनिश्चित गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढिरहेको छ। नागरिकले कुनै पनि सेवा लिन जाँदा अवरोधको सामना गर्नु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।'
प्रमुख जिल्ला अधिकारी अर्यालले अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूबाट आएका सुझावलाई गम्भीरताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, सेवाग्राहीले सरकारी कार्यालयमा सहज अनुभव प्राप्त गर्न र सुशासन कायम गर्न आफ्नो नेतृत्वमा निरन्तर सुधारका प्रयासहरू जारी रहने पनि बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपउच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार