माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार १७:८:६
१५ पुष, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका पाउने पर्ने माग राखेका छन् । पार्टीलाई सक्रिय बनाउन आफ्ना पाँच प्रस्ताव पनि लागु हुनुपर्ने सर्त उनले राखेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबारको भेटमा उनले आफ्ना प्रस्ताव सर्त राखेका हुन् ।
अध्यक्ष नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित गर्ने गरी काम हुनुपर्ने बताएका छन् । अध्यक्ष नेपालसँगको भेटपछि गौतमले पुराना संस्मरणहरू पुनर्जीवित गरिएको र नयाँ आयामको सुरुवात हुन लागेको बताएका छन् । आफ्ना सर्त लागुभए एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको उनको भनाइ छ ।
आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन । गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।
उनले वरिष्ठ नेताको सक्रिय भूमिका नहुने भन्दै आफूलाई २४ सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्ने माग गरेका छन् । कार्यक्षेत्रबिनाको नेता र केही नभएको कार्यक्षेत्र लिएर काम गर्न नसकिने उनको भनाइ छ । पार्टीलाई गति दिन केन्द्रीय कमिटी पूर्णकालीन हुनुपर्ने, जनतालाई गोलबन्द गर्न सक्ने विचार अघि सानुपर्ने, समाजवादलाई तात्कालिक विषय बनाएर देशका तीन क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने उनको माग छ ।
शासन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति बटमलाई हुनुपर्ने गौतमको भनाइ छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भए गतिशीलता पैदा हुने र नत्र समय मात्रै बर्बाद हुने उनको भनाइ छ । भेटमा माधव नेपालले पार्टीको विधानानुसार जिम्मेवारी हुने र बाँकी विषयमा छलफल गर्न सकिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार