वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
आबिद हुसेन
पुस १५, २०८१ सोमबार १७:२४:२८
१५ पुस, वीरगन्ज । प्रहरीको टोलीले वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्रकका धनी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–७ कमाने निवासी ४४ वर्षीय कृष्ण घलान र चितवन, राप्ती नगरपालिका–३ झुरझेर निवासी २० वर्षीय राजाल विश्वकर्मा रहेका छन्।
आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना। ३ ख ४२१२ नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा १६ वटा पोकामा राखिएको एक क्विन्टल ६० केजी गाँजा फेला परेको थियो।
प्रहरीले गाँजा बरामद गरेपछि ट्रकका चालक, गाडीधनी घलान र ट्रकमा सवार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनैजनामाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।
लम्सालका अनुसार गाँजा लुकाउन ट्रकको हुटमा विशेष गरी तयार गरिएको फल्स बटमको प्रयोग गरिएको थियो। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानसमेत जारी रहेको उनले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक लाख ३५ हजारभन्दा बढीले मुस्ताङ घुम्ने
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार