‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार २०:२०:४१
१५ पुस, काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताएकी छन् । नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उनले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताइन् ।
काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भनिन्, “नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ ।” उनले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गरिन् ।
उपसभामुख रानाले भनिन्, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, यस्तो अरु देशमा देखेकै छैन ।” यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा टेवा पुग्ने र ती कलाहरु बालबालिकाका लागि सिकाइ हुने उनले बताइन् । राजनीति समाज सेवा भएको उल्लेख गर्दै उनले अहिले त्यस्तो नदेखिनु दुःखद् भएको बताइन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत गरिनु महत्वपूर्ण भएको बताए । प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको यो नै पहिलो भएको दाबी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रदर्शनी एक सातासम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
साढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
पुष १८, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार