च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार २०:४१:५०
१५ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताएका छन् । च्याउ उत्पादक किसान संघले आज भृकुटीमण्डपमा आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको बताए । नेपाली नागरिकमा च्याउ खाने बानी बढेसँगै यसको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाल च्याउमा आत्मनिर्भर हुँदै गएकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक देखिएको बताए । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षभित्र यसको खेती गर्न सिफारिस जात पञ्जीकरण गर्ने तथा गुची च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातको अनुसन्धान सुरुआत गरिएको बताए ।
ती जातका बीउबिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यसको अनुसन्धान पश्चात प्रसार गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे। बर्सेनि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
साढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
पुष १८, २०८१ बिहिबार